गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प « Khabarhub

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको बताएका छन्। उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

उनको पोस्टमा कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरेका छन्।

ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन्।

अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन। मंगलबार नै ट्रम्पले गाजामा नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन्। उनले अर्को साता नेतान्याहुले वार्ताको चाहना राख्ने बताए।

नेतान्याहुले उत्तरी गाज खाली गर्न निर्देशन गरेको लगत्तै ट्रम्पको यो पोस्ट सार्वजनिक भएको हो।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ०१ बजे

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)