गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प « Khabarhub

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्ध विरामका लागि तयार भएको बताएका छन्। उनले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्ध विरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।

उनको पोस्टमा कतार र इजिप्टले युद्ध विरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख गरेका छन्।

ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन्।

अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन। मंगलबार नै ट्रम्पले गाजामा नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन्। उनले अर्को साता नेतान्याहुले वार्ताको चाहना राख्ने बताए।

नेतान्याहुले उत्तरी गाज खाली गर्न निर्देशन गरेको लगत्तै ट्रम्पको यो पोस्ट सार्वजनिक भएको हो।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ०१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित