फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ? « Khabarhub

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ८० रुपैयँ, गोलभेँडा सानो (लोकल) ३२, गोलभेँडा सानो (टनेल) ४५, आलु रातो ४५, आलु रातो (मुडे) ३८, प्याज सुकेको (भारतीय) ५०, गाजर (लोकल) ८०, बन्दा (लोकल) ३५, काउली स्थानीय ६०, रातो मूला ५०, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ३०, भन्टा डल्लो ४०, तने बोडी ४० र मकै बोडी प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी १८० रुपैयाँ, घिउ सिमी (लोकल) ५०, घिउ सिमी (हाइब्रिड) ४०, घिउ सिमी (राजमा) १२०, टाटे सिमी मूल्य ८०, भटमास कोसा १२०, तीतो करेला ४०, लौका ४०, परबर (लोकल) ४५, परबर (तराई) ५०, चिचिण्डो ३०, घिरौला ६०, झिगुनी ५५, फर्सी पाकेको ४५, फर्सी हरियो (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, भिण्डी प्रतिकेजी ४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, पिँडालु ७०, स्कूस ५०, रायोसाग ८०, पालुङ्गो साग १६०, तोरीको साग १२०, हरियो प्याज १८०, च्याउ (कन्य) २००, च्याउ (डल्ले) ३५०, कुरिलो ३००, निगुरो प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ८० रुपैयाँ, चुकुन्दर ७०, सजिवन १७०, रातो बन्दा १२०, जिरीको साग १००, ग्याठकोभी ७०, सेलरी १५०, पार्सले १०००, सौफको साग १२०, पुदिना १५०, इमली १७०, तामा १२०, तोफु १२० र गुन्द्रुक प्रतिकेजी ३५० रुपैयाँ तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २५० रुपैयाँ, स्याउ (फुजी) ३३०, केरा (दर्जन) १४५, कागती १५०, अनार ३५०, आँप (माल्द) १००, अङ्गुर (हरियो) २५०, मौसम २००, जुनार २५०, भुइँकटहर १७०, काँक्रो (लोकल) ७०, काँक्रो (हाइब्रिड) २०, रुखकटहर ५०, नास्पाती (चाइनिज) २६०, मेवा (भारतीय) प्रतिकेजी १०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी ११० रुपैयाँ, खुर्सानी सुकेको ४००, खुर्सानी हरियो ३५, खुर्सानी हरियो (बुलेट) २५, खुर्सानी हरियो माछे ७०, खुर्सानी अकबरे ३५०, भेडे खुर्सानी १२०, हरियो धनियाँ २००, लसुन सुकेको चाइनिज २००, लसुन सुकेको नेपाली १७०, छ्यापी सुकेको २००, छ्यापी हरियो १२०, ताजा माछा (रहु) ३३०, ताजा माछा (बचुवा) ३२०, ताजा माछा (छडी) २४०, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : २३ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने