माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन् | Khabarhub Khabarhub

माओवादीले भन्यो- ‘कुलिङ पिरियड’ मा भएको जालसाजीको जिम्मेवार सभामुख हुन्


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्था छेडखानीको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएको छ । 

माओवादी केन्द्रले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत सिफारिस गरेको ‘कुलिङ पिरियड’ को व्यवस्थामाथि भएको हेराफेरीको जिम्मा सभामुखले लिनुपर्ने बताएको हो ।  

‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यी एकाध व्यक्तिले मात्र गरेको दुस्साहस होइन,’ पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो । यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्व समेतले लिनु पर्दछ ।’ 

‘कुलिङ पिरियड’मा भएको छेडखानीलाई गम्भीर प्रकृतिको संसदीय अपराधको संज्ञा दिँदै यथाशक्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने पनि जिकिर गरे । ‘यस प्रकारको गम्भीर प्रकृतिको संसदीय अपराधको यथाशक्य छिटो छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुका साथै दोषीमाथि कारबाही गरिनु पर्दछ,’ सापकोटाले भने । 

यो घटनाले सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको माओवादी केन्द्रको ठहर छ । ‘सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्‍याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ?,’ प्रवक्ताले प्रश्न गर्दै भने, ‘यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन् । यस जालसाजीपूर्ण घटना सिंगो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’

उनले घटनाले संसद्माथि धोका, मानमर्दन र अपमान गरेको भन्दै संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्‍याएको बताए । सुशासनका लागि कोशेढुङ्गा साबित हुने जनताको अपेक्षाविपरीत गम्भीर विश्वासघात भएको जिकिर गर्दै प्रवक्ता सापकोटाले ‘कुलिङ पिरियड’मा भएको जालेसाजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौतीसमेत दिएको बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  २ : ३३ बजे

रास्वपाले भन्यो- सत्तापक्षले हाम्रा नेताको ‘डिप फेक भ्वाइस रेकर्ड’को सहारा लिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सदनमा

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौं– मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती

प्रचारप्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ओझेलमा

कञ्चनपुर– दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

पुटिनसँग किमले भने : रूसलाई सघाउनु हामी दाजुभाइको कर्तव्य हो

बेइजिङ- चीनको राजधानी बेइजिङमा सम्पन्न ‘भिक्ट्री डे’ सैन्य परेडपछि रूसी

भोजपुरमा सुन्तलामा फल झर्ने रोग, किसान समस्यामा

भोजपुर– सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका