विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने « Khabarhub

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् ।

नेकपा (एमाले)को राजनीतिमा सक्रिय हुने घोषणा गरेको चार दिनपछि राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने भन्दै उनले गृह मन्त्रालयलाई पत्र पठाएकी हुन् ।

पूर्वराष्ट्र प्रमुखको सेवा-सुविधा लिएर सक्रिय राजनीतिमा फर्किँदा प्रश्न उठ्ने भएपछि सरकारी सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको हो ।

गृह मन्त्रालयले पूर्व राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त हुने सेवा–सुविधा कटौतीका लागि पत्र पठाएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भण्डारीले पठाएको पत्र आइपुगेको जानकारी दिएका छन् ।

भण्डारीले एमालेको मार्ग निर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेता मदन भण्डारीको जन्मोत्सवको अवसर पारेर पार्टी राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् ।

यसअघि काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनमा उनी उपाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनी दुई कार्यकाल राष्ट्रपति पदमा रहेकी थिइन् ।

राष्ट्रपति पदबाट बिदा भएपछि उनी एमालेको राजनीतिमा फर्किन तम्तयार छिन् । उनले राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेका नेता-कार्यकर्ता माथिदेखि तलैसम्म दुई धारमा विभाजित भएका छन् ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिवसरहका स्वकीय सचिव, कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिव छन् ।

त्यस्तै पूर्वराष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीलाई बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा नहटाउने गृह मन्त्रालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा लिएकी छैनन् । तर २०७ लिटर पेट्रोल मासिक गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ११ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान