सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक « Khabarhub

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट १’को छायाङ्कन पूरा भएको छ ।

यस फिल्ममा रणवीरले भगवान ‘राम’को भूमिकामा छन् । यस फिल्मलाई उनले ‘महत्त्वपूर्ण प्रोजेक्ट’ बताएका छन् ।

जसका कारण पनि रणवीरका फ्यानहरूले यस फिल्मलाई चासोका साथ प्रतीक्षा गरेको पाइन्छ ।

यो फिल्मको मंगलबार छायाङ्कन पूरा भएको हो । छायाङ्कन सकिएपछि रणवीरसहितका कलाकार फिल्मका तर्फबाट आयोजित बिदाइ कार्यक्रममा सहभागी भएका थिए । त्यहाँ सबै कलाकार र छायाङ्कन टोलीहरू भावुक बन्न पुगे ।

अर्थात्, छायाङ्कनबाट छुट्नुलाई कलाकारहरूले बिछोडकै रूपमा लिएको पाइएको छ । रणवीरले पनि कारुणिक आवाजमा सानो मन्तव्य दिएका थिए । उनले सहकर्मीहरूको कामको खुलेर प्रशंसा पनि गरे ।

फिल्ममा लक्ष्मणको भूमिका निर्वाह गरेका अर्का नायक रवि दुवेले आशु खसाएको देख्न सकिन्छ । छुटिने बेला रणवीर र रविले गरेको अंकलमालले त्यहाँ उपस्थितको ध्यान तानेको थियो ।

उक्त कार्यक्रमको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

यस फिल्ममा नायिका साई पल्लवीले सीताको, नायक यशले रावणको भूमिकामा, सन्नी देओलले हनुमानको भूमिकामा निर्वाह गरेको बताइएको छ ।

‘रामायण: पार्ट १’ को प्रदर्शन मिति सन् २०२६ मा प्रदर्शनमा आउने बताइएको छ । यसको पार्ट २ पनि निर्माण घोषणा भएको छ । जसको पदर्शनमा मिति सन् २०२७ को दीपावलीलाई तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ६ : ५८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल