गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प « Khabarhub

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको डेटा बाहिर ल्याएको आरोपमा कर्मचारी बर्खास्तमा पर्ने भएका हुन्। सामाजिक सञ्जालमा उल्लेख गर्दै ट्रम्पले इरिका मान्फन्टरले अहिलेको अवस्थालाई गलत व्याख्या गरेको समेत आरोप लगाएका छन्।

अहिले आएको रोजगारीको समस्याको कारण ट्रम्पले ल्याएको कर नीति भएको आरोप अमेरिकामा लाग्न थालेको छ। ट्रम्पको कर नीतिका कारण आर्थिक क्षेत्रमा परेको समस्या र त्यसले ल्याएको उतार चढावका कारण वाल स्ट्रिट जर्नलले आश्चर्य व्यक्त गरेको छ।

जर्नलले केही डेटा प्रकाशित गरेको छ। ट्रम्पले संसारका धेरै सामानमा कर लगाउने घोषणा गरेपछि यसले विश्वव्यापी रूपमा नै असर गरेको थियो। सो रिपोर्ट पनि प्रकाशित भएको छ।

ट्रम्पले भने बारम्बार उनको कर नीतिका कारण अमेरिकी सामानको बजार बढ्ने तथा घरेलु उत्पादनमा अमेरिका अग्रणी रहने बताउँदै आएका छन्। उनको दाबी अनुसार डेटा देखिएको छैन।

शुक्रबार अमेरिकामा जुलाई महिनामा थप ७३ हजार नयाँ रोजगारी सिर्जना भएको डेटा बाहिर आएको थियो। मे र जुन महिनामा बढेको बजारका कारण यी रोजगारीको अवसर खुला भएको हो। तथापि पहिला अपेक्षा गरिए भन्दा दुई लाख ५० हजार कम रोजगारीको अवसर खुलेको देखिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : १८ बजे

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव

काठमाडौं– खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको

श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरू कसैले

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा