सात महिनामा साढे ६ लाख पर्यटक नेपाल भित्रिए, जुलाईमा मात्रै ७० हजारको आगमन « Khabarhub

सात महिनामा साढे ६ लाख पर्यटक नेपाल भित्रिए, जुलाईमा मात्रै ७० हजारको आगमन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत प्रगति गरेको छ । योसँगै कोभिडपछिको अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा आएको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ । यो कोरोना महामारीपछिको उच्चतम आगमन हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो सङ्ख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।

यस्तै, चीनबाट ६ हजार ८ सय ९० जना, अमेरिकाबाट ६ हजार ६ सय २६, बंगलादेशबाट ४ हजार ४ सय १३ र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना, अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२, युरोपबाट ९ हजार २९२, अमेरिकाबाट १२ हजार ७७५, ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७, मध्यपूर्वबाट ८२६ जना, अफ्रिकाबाट ३१८, र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना पर्यटकको आगमन भएको छ ।

बोर्डका सीईओ जोशीले भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह, र विविध पर्यटकीय उत्पादनहरूले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ११ : २० बजे

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित