अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल | Khabarhub Khabarhub

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच अन्तरविरोध बढ्दो छ । यसै समयमा पार्टीको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, केन्द्रीय समितिको बैठको मिति तय गर्ने, समाजवादी मोर्चालाई थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयार गर्नेसम्बन्धी एजेण्डा छन् ।

शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । पछिल्लो समय चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : ०३ बजे

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको