बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने « Khabarhub

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । उनी सशर्त पदबाट राजीनामा दिन तयार भएका हुन् । 

सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएका हुन् ।  

मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए । 

तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको जानकारी दिए । 

‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहणका लागि भनेका छौँ । सभापतिज्यूले हुन्छ भन्नुभयो,’ उनले खबरहबसँग भने, ‘इन्द्रजीले पनि हुन्छ भन्नुभयो । भोलि मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ ।’

प्रदेशसभा सदस्य चित्रकारले दल समूहमा बाँडिएको पार्टी संसदीय दललाई मिलाएर अघि बढ्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

 ‘दल दुई भागमा विभाजित भएको छ । हामीले सरसल्लाह अनुसार काम गर्नुपर्छ भन्यौँ,’ उनले भने, ‘त्यो कुरा पनि मान्नुभएको छ ।’ 

मुख्यमन्त्री लामा साउन १४ गते पार्टीका प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग दलको नेतामा पराजित भएका थिए । दलको नेताका लागि निर्वाचन हुनुअघि उनले आफूनिकट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । 

दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो । उनलाई सभापति देउवाले बिहीबार बेलुकी निवासमा बोलाएर मार्गप्रशस्त गर्न भनेका थिए । 

सभापति देउवाले शनिबार दलको नेतामा निर्वाचित प्रदेशसभा सदस्य बानियाँ, मुख्यमन्त्री लामालाई एकसाथ राखेर निकास निकालेका हुन् । बूढानीलकण्ठ छलफलमा लामाको पक्षमा रहेका १४ जना सांसदहरू पनि सहभागी थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : २१ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित