आम्दानीको स्रोत बन्दै भैंसे सिमी « Khabarhub

आम्दानीको स्रोत बन्दै भैंसे सिमी


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी जातको भैँसे सीमी खेतीलाई जोड दिएका छन्। विषादी तथा रासायनिक मल रहित अर्गानिक भोटे तथा भैँसे वर्षे सिमीको खेतीतर्फ यहाँका स्थानीयले जोड दिएका हुन्।

थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि किसानले आलुसँगै भैँसे सिमि खेतीलाई विस्तार गर्दै लगेको स्थानीय कृषक दावा शेर्पाले बताए। शेर्पा उक्त जातको सिमीको उत्पादन सुरु गरेको ४ वर्ष भयो। उनले गत वर्ष २४ पाथी सिमी बिक्री गरेको बताए। कोसा,दाल र दानाको परिकार बनाएर खान सकिने भोटे-भैंसे सिमी बुलडाँडा बाहेक अन्यत्र खेती नहुने शेर्पा सुनाउँछन्।

बुलडाँडाका करिब २० घरधुरी शेर्पा समुदायले अहिले बारीभरि एउटै बोट र बिरुवा दुई थरीको रातो र सेतो दाना फल्ने भैँसे र भोटे सिमी लगाएका छन्।


थोरै लगानीमा हजारौं रुपैयाँ आम्दानी हुन थालेपछि यहाँका स्थानीयले पछिल्ला केही वर्ष देखि जिरीकै अर्गानिक उत्पादन र ब्रान्डको तरकारीको रूपमा उच्च लेकमा खेती हुने भैँसे सिमीको तरकारी खेतीलाई जोड दिएको शेर्पाले बताए।

बिउ र थांग्रा बाहेक लगानी गर्न नपर्ने मल पनि दिन नपर्ने उक्त जातको सिमीबाट एक जना कृषकले सिजनमा १५ देखि २० हजारसम्म आम्दानी लिने गरेका छन्। फागुनमा रोपिएको सिमी असोजमा पाक्ने हुँदा दशैँ खर्चको जोहो हुने गरेको शेर्पा सुनाउँछन्।

सुरुमा  रोप्ने र थाङ्ग्रो लगाए पछि एउटै लहराबाट ३ देखि ५ केजीसम्म सिमी फल्ने गरेको सोही गाउँका अर्का कृषक नावा शेर्पाले बताए। शेर्पाले २० रोपनीमा लगाएको सिमी काँचो प्रति केजी दुई सय र सुकेको गेडा सिमी पाथीको ७ सय रुपैयाँमा बिक्री हुने गरेको छ।

करिब २९ घरपरिवार रहेको बुलडाँडामा २० घरपरिवारले  उक्त जातको सिमी लगाएका छन्। जिल्लाका अन्य क्षेत्रमा कमै खेती हुने उक्त सिमिलाई हिजोआजको समयमा हरियो तरकारी र  हिउँदमा दाल र गेडागुडी दानाको रूपमा खान सकिने हुँदा स्थानीय जिरीबजारमै उक्त सिमिको माग बढेको शेर्पाले बताए।

कृषि पेसामा निर्भर बुलडाँडाका शेर्पा समुदायले कृषि खेतीपातीबाटै लाखौं आम्दानी गर्ने गरेका छन्। यहाँका २०र२२ घर परिवारले वार्षिक एक करोड बराबरको आलु र मासिक १२ लाख बराबरको दुध उत्पादन तथा बिक्री गर्दै आएका छन भने,सिमी लगायतको तरकारीबाट पनि राम्रो आम्दानी गर्नेगरेका छन।

समुद्री सतह देखि २६०० मिटर उचाईमा अवस्थित बुलडाँडा जिरी नगरपालिका र लिन्कन बजार देखि करिब ७ किलोमिटर माथि पर्ने लेकको गाउँ हो। यहाँका स्थानीय शेर्पा समुदायले उत्पादन गरेको तरकारी तथा दुध स्थानीय जिरी बजारकै होटल तथा डेरीमा खपत हुँदै आएको छ। आलु ठेकेदार मार्फत काठमाडौं कालिमाटि तरकारी बजारमा जानेगरेको छ।

यहाँका स्थानीयको दिनचर्या खेतीपातीमै बित्ने गर्छ। युवाविहीन बुलडाँडामा ढल्किदो उमेर समुहका मानिसहरु अहिले मुख्य कमाइ आलु खण्ड व्यस्त देखिन्छन।

गाउँमा युवा नहुँदा दुईचार घरपरिवारका सदस्य मिलेर आलोपालो मेलापात गर्दै आएको स्थानीय सोनी शेर्पाले बताइन् । सानो तर कृषिमा राम्रो सम्भावना बोकेको बुलडाँडामा मात्रै उत्पादन हुने भैंंसे सिमीलाई जिरी नगरपालिका तथा जिरेको निजि क्षेत्रले जिरीको अर्गानिक उत्पादनको रूपमा विस्तार गर्न सके भैंंसे सिमीले कृषिमा जिरीलाई चिनाउन सक्ने स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : ३३ बजे

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी