क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा « Khabarhub

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उतारेका छन् ।

ठकुरीले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतारेका हु्न । बहुविविधताले सजिएको नेपाल आफैँमा सम्भावना बोकेको क्षेत्र भए पनि यसको उजागर गर्न नसकिएको वास्तविकतालाई दृष्टिगत गर्दै कलाका माध्यमबाट यसको गरिमा र महिमालाई उँचो बनाउन तत्तत् ठाउँमा पुगेर कला सिर्जना गर्ने महाअभियानका साथ ऋषि गुम्बा समेटिएको उनले जानकारी दिए ।

देशका विभिन्न स्थानका सौन्दर्यतालाई कलामा उतार्दै नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले बताए। उनले हालसम्म ७७ जिल्लाका झण्डै १५० बढी ऐतिहासिक सम्पदास्थललाई क्यानभासमा उतारेका छन् ।
    
नेपाल कलायात्रा पुस्तक विश्वको सबै भाषामा प्रकाशन गर्ने लक्ष्य उहाँको छ । ‘यो पुस्तक हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा सोही देशको मातृभाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने योजना छ’, उनले भने, ‘यी पुस्तकको स्वअध्ययन गरेर नेपाल घुुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या वृद्धि भइ त्यसबाट नेपालको पर्यटन फस्टाउने र आर्थिक समुन्नतितर्फ जाने विश्वास लिएको छु ।’

उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्र्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९  दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९  सान्त्वना पुरस्कार पेन्टिङ प्रतियोगिता, नेपाल कर्मसियल आर्टिष्ट सङ्घ, केन्द्रीय समिति, राष्ट्रपतिद्वारा प्रबल जनसेवाश्री मानपदवी द्वारा २०८० वैशाख १ गते विभूषित र दर्जनौँ पटक सम्मानित भइसक्नुभएको छ । कला विषयमा स्नातकोत्तर गर्नुभएका उनले १२औँ पटकसम्म एकल कला प्रदर्शनी गरेका छन् ।

यस महाअभियानमार्फत नेपाल कला यात्रा पुस्तक प्रकाशनार्थ स्वेच्छिक रुपमा जनही एक सय एवं सोभन्दा बढी सहयोग गर्नेहरू रहेको जानकारी दिए । सहयोगदाताहरू नेपाल कला यात्रा पुस्तकको प्रकाशकका रुपमा रहने बताउँदै उनले हालसम्म रु एक लाख ६० हजारभन्दा बढी सहयोग संकलन भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  २ : ५९ बजे

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६