माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ « Khabarhub

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले साविक मूल पार्टी नेकपा (एमाले) बाट चार वर्षअघि गरिएको विद्रोहको औचित्य पुष्टि गर्न नसकेको दोहर्‍याएका छन्‌ ।

केही दिनअघि एक अन्तर्वार्तामा नेता खनालले पार्टीको औचित्य र नेतृत्वको कार्यशैलीबारे टिप्पणी गरेपछि अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ खनाललाई चेतावनी दिएका थिए । त्यसयता समाजवादीको आन्तरिक विवाद सार्वजनिक स्तरमै पोखिइरहेको छ ।

नेपालले ‘पार्टीबाट बिदा भए हुन्छ’ भनेपछि आज (शनिबार) पत्रकारहरूसँग भेटघाट गर्दै खनालले एमालेबाट विद्रोह र नयाँ पार्टी गठनको औचित्यबारे पुनः टिप्पणी गरेका हुन्‌ ।

‘विद्रोह त हामीले चार वर्षअघि गरेको हो’, खनालले भने, ‘यो पार्टीलाई देशको कम्युनिष्ट आन्दोलनको सबैभन्दा क्रान्तिकारी पार्टी बनाउने लक्ष्य थियो । क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त लिएको पार्टी, समाजवादलाई आफ्नो लक्ष्य बनाएको पार्टी र आम नेपाली श्रमिक जनताको पार्टी, यो देशको शोषण उत्पीडनमा परेका आम जनताको मुक्तिका लागि लड्ने पार्टीको रूपमा यसलाई विकास गर्ने हाम्रो रणनीति र उद्देश्य हो ।’

तर, नेपालको कम्युनिष्ट आन्दोलनमा निकै अघिदेखि हावी दक्षिणपन्थी अवसरवादको खण्डन तथा आलोचना गर्नसमेत पार्टी असफल भएको खनालले बताए ।

‘साँच्चै नै क्रान्तिकारी मार्क्सवादी लेनिनवादी पार्टी, वैज्ञानिक समाजवादी पार्टी बनाउँछौँ भन्ने उद्देश्यले गरेको विद्रोह हो । हामीले त्यतिखेर भन्दैखेरी दक्षिणपन्थी भड्काउका विरुद्ध लड्ने र वैज्ञानिक समाजवादी स्थापना गर्ने पार्टीका रूपमा यसलाई स्थापित गर्ने भनेर आएका थियौँ’, खनालले थपे, ‘भन्न त भनियो, चार वर्ष बित्यो । यो अवधिमा त्यो ढङ्गले पार्टी अघि बढ्न सकिरहेको छैन । न कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढ्न सकियो, न व्यवहारका आधारमा नै ! वास्तवमा दक्षिणपन्थी अवसरवादको खण्डन आलोचना गर्नै सकेन । अरू कसलाई जिम्मेवारी पनि दिँदैन, आफूले लिन पनि सक्दैन ।’

भिडियो :

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ५६ बजे

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं – मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र