माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ « Khabarhub

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले साविक मूल पार्टी नेकपा (एमाले) बाट चार वर्षअघि गरिएको विद्रोहको औचित्य पुष्टि गर्न नसकेको दोहर्‍याएका छन्‌ ।

केही दिनअघि एक अन्तर्वार्तामा नेता खनालले पार्टीको औचित्य र नेतृत्वको कार्यशैलीबारे टिप्पणी गरेपछि अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ खनाललाई चेतावनी दिएका थिए । त्यसयता समाजवादीको आन्तरिक विवाद सार्वजनिक स्तरमै पोखिइरहेको छ ।

नेपालले ‘पार्टीबाट बिदा भए हुन्छ’ भनेपछि आज (शनिबार) पत्रकारहरूसँग भेटघाट गर्दै खनालले एमालेबाट विद्रोह र नयाँ पार्टी गठनको औचित्यबारे पुनः टिप्पणी गरेका हुन्‌ ।

‘विद्रोह त हामीले चार वर्षअघि गरेको हो’, खनालले भने, ‘यो पार्टीलाई देशको कम्युनिष्ट आन्दोलनको सबैभन्दा क्रान्तिकारी पार्टी बनाउने लक्ष्य थियो । क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त लिएको पार्टी, समाजवादलाई आफ्नो लक्ष्य बनाएको पार्टी र आम नेपाली श्रमिक जनताको पार्टी, यो देशको शोषण उत्पीडनमा परेका आम जनताको मुक्तिका लागि लड्ने पार्टीको रूपमा यसलाई विकास गर्ने हाम्रो रणनीति र उद्देश्य हो ।’

तर, नेपालको कम्युनिष्ट आन्दोलनमा निकै अघिदेखि हावी दक्षिणपन्थी अवसरवादको खण्डन तथा आलोचना गर्नसमेत पार्टी असफल भएको खनालले बताए ।

‘साँच्चै नै क्रान्तिकारी मार्क्सवादी लेनिनवादी पार्टी, वैज्ञानिक समाजवादी पार्टी बनाउँछौँ भन्ने उद्देश्यले गरेको विद्रोह हो । हामीले त्यतिखेर भन्दैखेरी दक्षिणपन्थी भड्काउका विरुद्ध लड्ने र वैज्ञानिक समाजवादी स्थापना गर्ने पार्टीका रूपमा यसलाई स्थापित गर्ने भनेर आएका थियौँ’, खनालले थपे, ‘भन्न त भनियो, चार वर्ष बित्यो । यो अवधिमा त्यो ढङ्गले पार्टी अघि बढ्न सकिरहेको छैन । न कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढ्न सकियो, न व्यवहारका आधारमा नै ! वास्तवमा दक्षिणपन्थी अवसरवादको खण्डन आलोचना गर्नै सकेन । अरू कसलाई जिम्मेवारी पनि दिँदैन, आफूले लिन पनि सक्दैन ।’

भिडियो :

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ५६ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग