औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल « Khabarhub

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित गर्न नसके नेकपा एमालेसँग गरेको विद्रोह स्वतः गलत सावित हुने बताएका छन् । 

अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि शनिबार पत्रकार सम्मेलन गरेर उनले एमालेसँग गरिएको विद्रोहलाई गलत भन्ने धारणा आफ्नो नभएको बताए ।

‘हामीले विद्रोह गरेको कुरो गलत हो भन्ने मेरो धारणा छैन,’ खनालले भने, ‘तर, हामीले औचित्य सावित गरेनौँ भने, गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन पुग्छ ।’

उनले एमालेसँग विद्रोह गर्नुको औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक र सैद्धान्तिक धरातलबाट बहस अगाडि बढाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।  

‘हामीले औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक सैद्धान्तिक धरातलबाट बहस छलफल अगाडि बढाऔँ र आन्दोलनलाई रूपान्तरण गरौँ भन्ने मेरो धारणा हो,’ सम्मानित नेता खनालले भने ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ४५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग