एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल « Khabarhub

एमाले लचिलो भएर एकताको प्रतिबद्धता जनाए विद्यालाई समर्थन : झलनाथ खनाल


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउनलाई संविधानले नरोकेको बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी छाडेर जान चुनौती दिएपछि अन्तरसंघर्षमा रहेका खनालले एक अन्तर्वार्तामा वामपन्थीहरु मिलेर जाने अवस्थामा एमालेलाई अगाडि बढाउन सके भण्डारीको कदमलाई समर्थन गर्ने बताए ।

खनालले भने, ‘नेकपा एमालेलाई लचिलो पार्टीका रुपमा विकास गर्ने, सबै वामपन्थी दलहरु मिलेर जाने अवस्थामा त्यो पार्टीलाई पुर्‍याउने वामपन्थीहरुका बीचमा साझा आधारहरुमा एकताबद्ध गर्ने, साझा मोर्चा निर्माण गर्ने र आगामी चुनावमा पनि त्यो ढङ्‍गले प्रतिस्पर्धा गरेर जान सक्ने हिसाबले म एमालेलाई त्यसरी खडा गर्छु, भन्ने प्रतिबद्धताका साथ आउने हो भने त्यो चाहिँ बढो राम्रो कुरा हुन्छ, त्यसमा मेरो समर्थन हुन्छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ४ : ५१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज