समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ | Khabarhub Khabarhub

समाजवादी मोर्चाले बोलाउन छाडेपछि झलनाथले भने : हेर्न-सुन्न मात्रै त टेलिभिजनमै स्वादिलो हुन्छ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाका कार्यक्रममा बोलाउन छाडेकाले आफू अनुपस्थित हुँदै आएको बताएका छन् ।

पछिल्लो समय अध्यक्ष माधव नेपालसँगको बढ्दो दूरी र पार्टीबाटै खुरुखुरु निस्केर जान खनाललाई उर्दी जारी भएपछि शनिबार एक अन्तर्वार्तामा नेता खनालले ‘समाजवादी मोर्चाले बोलाउन छाडेको बताए । उनले ‘नबोलाएको ठाउँमा के जानु र ?’ भन्ने प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीसँग उनले भने, ‘हेर्न सुन्न मात्रै भने त यहाँ टेलिभिजनमा तपाईंहरुले देखाइहाल्नु हुन्छ, मजाले त्यही हेर्‍यो, सुन्यो, सबै देखिन्छ फेरि, त्यहाँ बसेर हेर्दा त एउटा कोणमात्र देखिन्छ।’

उनले थपे, ‘मलाई स्वाद केमा आउँछ भन्दाखेरि तपाईंहरुले टेलिभिजनबाट देखाइरहेका चिजहरु जो कुनाकाप्चा सबै घुमाई घुमाई देखाउनुहुन्छ, कतिपय नेता उँघेको पनि देखाउनु हुन्छ । कतिपय नेताहरु खासखुस गरेको पनि देखाउनुहुन्छ, त्यो हेर्न पाइन्छ नि । त्यसकारण त्यो स्वादिलो छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : १३ बजे

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा- मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको