खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान | Khabarhub Khabarhub

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । 

आर्थिक वर्ष २०८०-२०८१ को जेठदेखि २०८१-२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए।  

गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए। २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले बताए। 

यहाँ २५ हजारदेखि चालीस हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५०, ६० हजारदेखि ८० हजारसम्म २५ र रु ८० हजारदेखि एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ । 

‘उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ’, उनले भने, ‘छ-छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : २० बजे

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा विजयी

काठमाडौं – पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन