खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान « Khabarhub

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९ खानेपानी उपभोक्ता समितिलाई विद्युत् महसुलमा अनुदान दिएको छ । 

आर्थिक वर्ष २०८०-२०८१ को जेठदेखि २०८१-२०८२ वैशाखसम्म खानेपानी उपभोक्ता समितिलाई एक करोड २९ लाख ६७ हजार रकम वितरण गरेको कार्यालय प्रमुख शम्भुराज खनालले जानकारी दिए । गत वर्षको जेठ र असारको भुक्तानी भने चालु आवमा दिइने उनले बताए।  

गतवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा खानेपानी उपलब्ध गराउने उद्देश्यले महसुलमा अनुदानको व्यवस्था गरिएको कार्यालय प्रमुख खनालले बताए। २५ हजारसम्मको विद्युत् महसूलमा पूरै र सोभन्दा माथि प्रतिशतका आधारमा भुक्तानी गर्ने गरिएको उनले बताए। 

यहाँ २५ हजारदेखि चालीस हजारसम्म ७५ प्रतिशत, रु ४० हजारदेखि ६० हजारसम्म ५०, ६० हजारदेखि ८० हजारसम्म २५ र रु ८० हजारदेखि एक लाखसम्मको महसुलमा १० प्रतिशतका दरले भुक्तानी दिने गरिएको छ । 

‘उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने छ’, उनले भने, ‘छ-छ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका लागि सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
 

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : २० बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर