सिन्धु नदीमा आएको बाढीले पाकिस्तानमा हजारौँ प्रभावित « Khabarhub

सिन्धु नदीमा आएको बाढीले पाकिस्तानमा हजारौँ प्रभावित


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु नदीमा आएको बाढीका कारण पाकिस्तानमा हजारौँ प्रभावित भएका छन् । बाढीका पाकिस्तानको विभिन्न स्थानका हजारौँ बासिन्दा प्रभावित भएका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार बाढीले गर्दा मौजा मूर झाँगी, बैत कछेला, पाँज दराएँ, बैत चनार, बैत अशरफ, जर लेघारी र मौजा बलोच खानजस्ता गाउँका बासिन्दा प्रभावित भएका छन् । त्यसैगरी, बाढीले मौजा लोहज, थोरी, समरा झोक खान, बस्ती कान्जो मोहनाजस्ता गाउँ पनि प्रभावित भएको डनले जनाएको छ ।

बाढीले घरसँगै विद्यालय, मस्जिद र अस्पताल पनि बगाएको जनाइएको छ । त्यसबाहेक हजारौँ एकडमा लगाइएको खेतबाली पनि बाढीले बगाएको छ ।

स्थानीय बासिन्दालाई उद्धृत गर्दै डनले जनाएअनुसार कुल ४ सय ५० एकडमध्ये केबल १ सय ७५ एकड जमिनमात्रै बाढीबाट जोगिएको छ । स्थानीयहरुले बाढी प्रभावितलाई राहत प्रदान गर्न पाकिस्तान सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्