सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 


१७ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै मंगलबार नयाँ रेकर्ड बनाएको छ ।
 
सोमबार १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनले मंगलबार फेरी ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला सोमबार २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ ।
 
चाँदीको मूल्य समेत १५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । 

सोमबार प्रतितोला २ हजार ४७० रुपैयाँ पुगेको चाँदी मंगलबार २ हजार ४८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ११ : १४ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर