लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने « Khabarhub

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा. लेखजंग थापा नै रहने बताएका छन् । 

लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए । 

तर यसको जानकारी रास्वपा नेताहरूले थापालाई गराएपछि उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको कागज सार्वजनिक गरेका हुन् । 

त्यसपछि मगलबार खबरहबसँग कुराकानी गर्दै रास्वपा कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपाबाट थापा नै उपनिर्वाचनको उम्मेदवार भएको बताए । 

‘हामीले पहिला नै यो विषयमा क्लियर भएका थियौँ । हाम्रो उम्मेदवार उहाँ नै हो । हामीले धेरै कुरा अनुसन्धान गरेर उहाँलाई उम्मेदवार बनाएको हो ।’ बुर्लाकोटीले खबरहबलाई भने, ‘उहाँको विकल्प खोजिँदैन । ठूला दलहरूले हामीलाई अनावश्यक प्रहार गरे । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो ।’ 

बुर्लाकोटीले थापाले मंगलबार या बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने समेत बताए । उनले अब रास्वपा रुपन्देहीको जनतामाझ जाने समेत जानकारी दिए ।

लेखजंगको कान्छी श्रीमती नुमा शर्मासँग सम्बन्ध विच्छेद भएको हो । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । उनीसँग लेखजंगले सम्बन्ध विच्छेद गरेको बताइएको छ ।

उनकी जेठी श्रीमतीले भने बीएससी नर्सिङ गरेकी छन् । हाल उनी उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत रहेको जानकारी लेखजंगले रास्वपा नेताहरूलाई दिएका छन् ।

पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँग भएको रास्वपा नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ११ : २५ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको