फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक « Khabarhub

फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । 

पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनमा क्रममा सहभागीले फोहरमैला व्यवस्थापन गर्न अन्तरपालिका सहकार्य र समन्वय आवश्यक भएकामा जोड दिएका हुन् ।

फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले यसका लागि सामुदायिक सचेतना र जनसहभागिता महत्त्वपूर्ण हुने बताए । राप्ती–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पहलमान चौधरीले जोखिम मोलेर फोहर व्यवस्थापनको काम सुरु गरेको बताए ।

फोहर व्यवस्थापन गर्न ठाउँ पाउनै मुस्किल भएको र स्थानीय समुदायको अवरोध खेप्नुपरेको बताए । राप्तीले देउखुरीको पुड्यपुरमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।

‘इको फेमिली नेपाल’को प्राविधिक सहयोगमा दुई वर्षअघिदेखि फोहर व्यवस्थापन र प्रशोधनको काम गरिएको वडाध्यक्ष चौधरीले बताए ।

फोहर प्रशोधन गर्न जग्गा व्यवस्थापन र संरचना निर्माण गर्ने काम गाउँपालिकाले गरेको तथा उपकरण, जनशक्ति र अन्य प्राविधिक तथा व्यवस्थापकीय काम इको फेमिली प्रालिले गरेको हो ।

इको फेमिलीका सञ्चालक रूपेशराज कुँवरले उद्योग सञ्चालनका लागि रु तीन करोड लगानी भएको बताए । प्लास्टिकजन्य फोहर प्रशोधन गरेर ब्रिक्स, टायल, लम्बरलगायतका वस्तु उत्पादन गर्न थालिएको उनको भनाइ छ । 

“कुहिने फोहर कम्पोस्ट मलमा जान्छ, नकुहिनेमा विशेषगरी प्लास्टिकजन्य फोहरबाट सामान उत्पादन भइरहेको छ”, उनले भने । काम नलाग्ने भनेर फालेको वस्तुलाई स्रोतका रूपमा सदुपयोग गरी आयआर्जन र उद्यम सृजना गर्ने उद्देश्यले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको सञ्चालक कुँवरले बताए ।

निजी–सार्वजनिक लगानीअनुरूप उक्त केन्द्र सञ्चालनमा रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो । फोहर सङ्कलन र वर्गीकरणको काम गाउँपालिकाले गर्दै आएको छ । इको फेमिली नेपालले कवाडीमा जाने सामानको निकासी कर र व्यवसाय कर गाउँपालिकालाई तिर्दै आएको छ ।

कम्पनीले फोहर वर्गीकरण र कुहिने फोहर गलाउने उपकरण खरिद गर्ने भएको छ । प्रशोधन उद्योगमा २१ श्रमिक कार्यरत छन् । त्यहाँ उत्पादित ब्रिक्स र टायल बजारमा जान थालेको छ ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले राप्तीले सुरु गरेको फोहर व्यवस्थापनको काम अनुकरणीय रहेको बताए ।

‘राप्तीले गरेको राम्रो काम हामीलाई सिकाइ हुन्छ, पोखराले गरेको अभ्यास राप्तीलाई अनुकरणीय हुनसक्छ’, उनले भने, ‘फोहर व्यवस्थापनमा नमूनायोग्य काम गरेका स्थानीय तहमा पुगेर सीप र अनुभव हासिल गर्न यो अवलोकन भ्रमणको आयोजना गरिएको हो ।’

पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ ।

परियोजनामार्फत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ/अपसाइक्लिङ उद्यम स्थापना गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको हो ।

हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । परियोजनाले फोहर सङ्कलन तथा ढुवानी र वर्गीकरणका लागि सामुदायिक सचेतना अभिवृद्धिको काम पनि गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताए । 

परियोजनाले पोखराका एक सय ३६ टोल संस्थामा जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरेको छ । घरमै फोहर छुट्याउने बानी बसाल्न प्रेरित गर्न घरघरमा फोहर छुट्याउने कीट प्रदान गरिएको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : १८ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको