शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

शिक्षा विधेयकमा आपत्ति जनाउदै संयुक्त विद्यार्थी संगठनले बुझायो कार्यवाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको छ ।  

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै संयुक्त विद्यार्थी संगठनले मंगलबार कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकारविरुद्ध रहेको उनीहरूको आरोप छ ।

त्यस्तै विद्यार्थी संगठनहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षा को माग सहित ज्ञापन पत्र बुझाएको हो । 

संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले विद्यार्थीहरूको हितका लागि कानुन बनाउने सरकारको उद्देश्य रहेकाले विद्यार्थीको मागका बारेमा छलफल गर्ने आश्वासन दिए ।  

त्यस्तै नेविसंघका प्रवक्ता सुरज सेजवालले विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग सहित सबै विद्यार्थी संगठन एकै ठाउँमा आएको बताए । उनले विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै देशव्यापी आन्दोलनको घोषणा गरेको जानकारी दिए । 

संयुक्त विद्यार्थी संगठनले बाल विकासलाई विद्यालय शिक्षा भित्र समावेश गरी त्यहाँ अध्यापन गराउने शिक्षकहरूलाई शिक्षककै रूपमा कायम गर्न समेत माग गरेका छन् । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : २४ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड