मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी « Khabarhub

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य सङ्ख्या, पछिल्लोपटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : २७ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको