निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने « Khabarhub

निजामती विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रियसभामा पेश हुने


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको हो । बैठकमा निजामती कर्मचारीको अवकाश उमेर हदका विषयमा सहमति भएको छ । 

प्रतिनिधिसभाबाट पारित भएको विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाशको उमेर ५८ वर्ष नै कायम गर्ने, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने भन्ने व्यवस्था रहेकालाई बैठकले सदर गरेको हो । 

सबै विषयमा सहमति भएपछि समिति सभापति तुलसा कुमारी दाहालले सर्वसम्मत रूपमा विधेयक पारित भएको घोषणा गरिन् । 

उनले मंगलबार नै उक्त विधेयक राष्ट्रियसभामा पेश गर्ने र पारित गर्ने जानकारी दिइन्  । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १ : ५२ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको