कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट  « Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंक क्षेत्रीय उपाध्यक्ष जुटबीच भेट 


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा भएको भेटमा विश्व बैंक र मनत्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । 

बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौंमा शहरी भौतिक पूर्वाधार निर्माण, फोहोर मैला व्यवस्थापन, नदि स्वच्छता लगायतका विषयमा छलफल भएको छ । भेटमा उपाध्यक्ष जोहानेस जुटले मनत्रालयले दूई स्थानमा केन्द्रीत भएर योजना अघि बढाउन खोज्नु राम्रो भएको भन्दै सहकार्यका लागि विश्व बैंक सकारात्मक रहेको बताए।  

विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र नदि र वायु स्वच्छताको क्षेत्रमा सहयोग गर्ने बताए। यस भेटवार्ताले नेपाल सरकार र विश्व बैंकबीचको साझेदारीलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयका आयोजनाहरूमा विश्व बैंकसँग भइरहेको सहकार्यका लागि आभार व्यक्त गर्दै नयाँ योजनाहरूमा पनि थप सहकार्य हुने बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : १३ बजे

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता

महेन्द्रनगर– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड