कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो « Khabarhub

कांग्रेस र एमाले मिलेर देशमा लुटतन्त्र मच्चाए : राजेन्द्र महतो


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले लुटतन्त्र जोगाउनका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका छन् । 

मंगलबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतोले ठूला दुई दल मिलेर सरकार बनाउने अभ्यास नभए पनि लुटतन्त्र जोगाउनका लागि नै कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताएका हुन् । 

उनले दुई दलले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए  । महतोले संविधान संशोधन गर्न इच्छा दुई दलमा नरहेको समेत धारणा राखे । ठूला दलले देशमा अराजकताको सीमा पार गरिसकेको उनको भनाइ छ । 

उनले अधिकार पहिचानका साथै सुशासन समृद्धिका क्षेत्रमा सरकार असफल भएकाले अव देशलाई जोगाउन सबै एकठाउँ आउनुपर्ने बेला आएको धारणा राखे । 

अध्यक्ष महतोले नेपालको सीमामा हस्तक्षेप हुँदा पनि सरकारले कूटनीतिक दबाब दिन नसकेको जिकिर गरे  । चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन गरेको भन्ने बाहिर आएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले यस विषयमा स्पष्ट पार्नुपर्ने बताए । 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ५६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना