हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री « Khabarhub

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री गुरुङले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन् । 

उनले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार गरिने उल्लेख गरे ।  

मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिए । स्मार्ट हुलाक कार्यालय सञ्चालनको लागि जति सक्दो छिटो मापदण्ड बनाउन उनले सुझाव दिए ।

उनले पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले स्मार्ट हुलाक नीति बनाउने तयारीमा रहेको बताइन् । जनशक्ति अभावका कारण विभागले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०३ बजे

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा