हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री « Khabarhub

हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजान्छौँ : सञ्चारमन्त्री


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री गुरुङले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन् । 

उनले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार गरिने उल्लेख गरे ।  

मन्त्री गुरुङले सबै पालिकालाई डिजीटलाईजेन गर्न र स्मार्ट हुलाक कार्यालय सञ्चालन सुरु गर्न निर्देशन समेत दिए । स्मार्ट हुलाक कार्यालय सञ्चालनको लागि जति सक्दो छिटो मापदण्ड बनाउन उनले सुझाव दिए ।

उनले पालिकामा एक हुलाक एक मोटर साइकलको व्यवस्था गर्ने, हुलाक कार्यालय भवन निर्माण गर्ने लगायतका कार्यमा मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

कार्यक्रममा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले स्मार्ट हुलाक नीति बनाउने तयारीमा रहेको बताइन् । जनशक्ति अभावका कारण विभागले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना