सिन्धुलीमा सवारी दुर्घटना : एक युवकको मृत्यु, एकको अवस्था गम्भीर « Khabarhub

सिन्धुलीमा सवारी दुर्घटना : एक युवकको मृत्यु, एकको अवस्था गम्भीर


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कमलामाई– कमलामाई नगरपालिका–९ नयाँबस्तीमा आज अपराह्‍न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ०५ बजे

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा