प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण « Khabarhub

प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको मंगलबार बैठकमा आकस्मिक समयमा बोल्दै सांसद शर्माले गत भदौ १५ गते अविरल वर्षाका कारण जाजरकोटको छेडागाड नगरपालिका–१ स्थित पहिरो गई प्रभावित भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरे ।     

सांसद शर्माले कर्णाली राजमार्गको जुम्ला-सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लाको स्याउ बोकेका २० ट्रक बाटोमै थन्किएका भन्दै तत्काल सडक खुलाउनसमेत ध्यानाकर्षण गराए । उनले जुम्लाको स्याउको बजार व्यवस्थापनका लागि सुझावसमेत दिए ।
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ५ : ३० बजे

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा