नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन « Khabarhub

नतिजा आउने गरी काम गर्न मन्त्री भण्डारीको निर्देशन


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अपेक्षाकृत नतिजा आउने गरी काम गर्न बैतडीका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आज पाटनमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठकमा मन्त्री भण्डारीले सरकारी कार्यालयबाट सम्पादन हुने कामहरू अपेक्षाकृत रूपमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए ।  

उनले भने, “सरकारी कार्यालयले गर्ने काममा जनताले अनुभूति गर्ने गरी हुनुपर्छ, जसमा अपेक्षाकृत नतिजा आउन नसकेको भन्ने जनताको गुनासो आउनुभएन ।”

पूर्वाधारका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै मन्त्री भण्डारीले अनुदानका काममा नतिजा आउने गरी कार्यान्वयन गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।  बर्सातको समय रहेकाले विपद् पूर्वतयारी तथा उद्धारका लागि तयारी अवस्थामा रहन र चाडपर्व लक्षित बजार अनुगमनलाई कडाइ गर्न मन्त्री भण्डारीले निर्देशन दिए । 

उनले भने, ‘विपद् पूर्वतयारी र उद्धारका लागि कुनै कसर बाँकी नराख्नुहोला । चाडपर्व  नजिकिएकाले बजार अनुगमनलाई कडाइका साथ अगाडि बढाउनुस् ।’

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ६ : १७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

आज २०८२ साल माघ २० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २० गते मंगलबार फागुन

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना