भारतीय प्रधानमन्त्री मोदी र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनबीच भेटवार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र म्यान्मारका कार्यवाहक राष्ट्रपति मिनबीच भेटवार्ता


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्मारका कार्यवाहक राष्ट्रपति एवम् सेनाप्रमुख जनरल मिन अउङ ह्लियाङसँग भेटवार्ता गरेका छन् । साङ्घाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन शहरमा रहेका बेला दुई नेताबीच भेटवार्ता भएको हो ।

यसअघि दुई नेताबीच गत अप्रिल महिनामा थाइल्याण्डको राजधानी बैङ्ककमा बिम्स्टेकको शिखर सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो । भारतीय समाचार संस्था एएनआईका अनुसार म्यान्मारको सैन्य सरकारले आगामी डिसेम्बर २८ मा चुनाव गराउने घोषणा गरेको छ । गृहयुद्ध चलिरहेको म्यान्मारमा पाँच वर्षपछि हुन लागेको यो पहिलो चुनाव हो ।

सन् २०२१ मा भएको सत्तापलटपछि जननिर्वाचित सरकारलाई पदच्युत गर्दै म्यान्मारमा सेनाले सरकार सञ्चालन गरिरहेको छ । यसैबीच, प्रधानमन्त्री मोदीले तियान्जिमा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता काइ कीसँग पनि भेटवार्ता गरेका छन् ।

भेटवार्ताबारे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भेटवार्ताबारे जानकारी दिएका हुन् । उनले एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले पोलिटब्युरो स्थायी समितिका सदस्य काई कीसँग चीनको तियान्जिनमा भेटवार्ता गर्नुभयो । नेताहरुको बैठकका आधारमा सोहीअनुरुप उहाँहरुले भारत र चीनबीच द्विपक्षीय आर्थिक, राजनीतिक र जनस्तरको आदानप्रदानबारे कुराकानी गर्नुभयो ।’

यसैबीच, एससीओको साइडलाइनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्धको निरन्तर विकासका लागि सीमा क्षेत्रमा शान्ति र अमन चैनको महत्वलाई जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : १३ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा