जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह « Khabarhub

जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न पाकिस्तानी मानव अधिकार आयोगको आग्रह


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको मानव अधिकार आयोगले त्यहाँको सरकारलाई जबरजस्ती बेपत्ता पार्ने गतिविधि तत्काल रोक्न आह्वान गरेको छ । आयोगले पाकिस्तानको संघीय सरकारलाई जबरजस्ती बेपत्ता पारिने घटना अन्तर्राष्ट्रिय कानुनअनुसार मानव अधिकारको उल्लङ्घन हुने भन्दै सचेत पनि गराएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले जबरजस्ती बेपत्ता पारिएको घटनाका सबै पीडितबारे तत्काल जानकारी दिइ न्यायालयमा उपस्थित गराउन पनि आग्रह गरेको छ । यस किसिमको अपराधमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याउन आयोगको माग छ ।

आयोगले राज्यलाई जरबजस्ती बेपत्ता पारिने घटनालाई अपराधीकरण गर्नका लागि प्राथमिकताका साथ विधान ल्याउन पनि आग्रह गरेको छ । त्यसैगरी, आयोगले जबरजस्ती बेपत्ता पारिएका व्यक्तिको संरक्षणका लागि अन्तर्राष्ट्रिय अभिसन्धिलाई अनुमोदन गर्न पनि सरकारसमक्ष माग गरेको छ ।

त्यस्तै, आयोगले पीडित र परिवारलाई उचित राहत प्रदान गर्न पारदर्शी संयन्त्रको स्थापना गर्न पनि सरकारलाई आग्रह गरेको छ । पछिल्लो समय पाकिस्तानभर खासगरी द्वन्द्वग्रस्त क्षेत्रमा जबरजस्ती बेपत्ता पारिने घटना बढ्दै गएको अवस्थामा आयोगले यस्तो आह्वान गरेको हो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ०० बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित