अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन « Khabarhub

अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको अगस्ट महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य सङ्कुचन आएको देखिएको छ । अमेरिकाले लगाएको नयाँ भन्सार शुल्क लाग्ने म्याद नोभेम्बरमा नजिकिँदै गर्दा व्यापार वार्ता चलिरहेका बेला नयाँ तथ्याङ्क सार्वजनिक भएको हो ।

च्यानल न्यूज एशियाका अनुसार पाँच महिनायता चीनको औद्योगिक उत्पादनको वृद्धिदरमा लगातार सङ्कुचन आइरहेको छ । गत शनिबार चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जारी गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स यस महिना ४९.४ मा कायम रहेको छ ।

ब्लूमबर्गको विश्लेषक सर्वेक्षणमा यो सूचकांक ४९.५ हुने अपेक्षा गरिएको थियो । जुलाई महिनामा यस सूचकांक ४९.३ रहेको थियो ।

यसअघि गत मार्च महिनामा यो सूचक ५० भन्दा धेरै थियो । सूचकांक ५० भन्दा धेरै हुँदा औद्योगिक उत्पादनमा वृद्धि भएको मानिन्छ ।

ब्यूरोका तथ्याङ्कशास्त्री झाओ किङ्गहेले अघिल्लो महिनाको तुलनामा सूचकमा सुधार आएकोमा खुशी प्रकट गरेका छन् । उनका अनुसार यस सूचकले ‘समग्र आर्थिक समृद्धि निरन्तर विस्तार भइरहेको’ देखाएको छ ।

‘व्यवसायिक वातावरणमा सुधार आएको छ ।’ उनले भने ।

गत जुलाईमा ब्यूरोले उत्पादनमा कमी आउनुमा बाढी र उच्च तापक्रमजस्ता खराब मौसम जिम्मेवार रहेको जनाएको थियो ।

महामारीयता चीनले बलियो आर्थिक सुधार गर्न संघर्ष गरिरहेको छ । चीनको घरजग्गा क्षेत्रमा ऋण सङ्कट देखिएको छ भने उपभोगमा चरम कमी आएको छ र युवा बेरोजगारी पनि उच्च छ ।

त्यसबाहेक अमेरिकासँगको व्यापार युद्धले पनि निर्यातमा आधारित चीनको अर्थतन्त्रमा समस्या पैदा गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : २५ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर