सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल « Khabarhub

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र साउदी अरबबीच संयुक्त रुपमा सैन्य उपकरण उत्पादन गर्ने सम्भावनाबारे छलफल भएको छ । भारत र साउदी अरबका संयुक्त समितिको बैठकमा यसबारे छलफल भएको हो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार गत बिहीबार आयोजित बैठकमा तालिम, औद्योगिक साझेदारी, समुद्री सहकार्य र सैन्य अभ्यासजस्ता विषयमा छलफल भएको हो । भारतले साउदी सेनालाई तालिम प्रदान गर्ने प्रस्ताव राखेको थियो ।

त्यसैगरी, साइबरस्पेस, सूचना प्रविधि, विपद् व्यवस्थापन र सामरिक सञ्चारजस्ता क्षेत्रमा सहकार्यबारे पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।

‘साउदी अरबसँग मिलेर रक्षा उपकरणको संयुक्त उत्पादन र सहकार्यको सम्भावना खोजिएको छ ।’ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘भारत र साउदी अरबबीचको रक्षा साझेदारी विस्तारै गहिरिँदै गएको छ ।’

विज्ञप्तिमा गत अप्रिल महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका क्रममा रणनीतिक साझेदारी परिषदमातहत मन्त्रीस्तरीय रक्षा सहकार्यबारे नयाँ समिति थप गरिएको उल्लेख छ ।

बैठकको नेतृत्व भारतका तर्फबाट सहसचिव अमिताभ प्रसाद र साउदी अरबका तर्फबाट मेजर जनरल साद मोहम्मद एच अलकथिरीले गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ४८ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा