दशैँको टीका कति दिन लगाउने ? « Khabarhub

दशैँको टीका कति दिन लगाउने ?


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको टीका कतै एक दिन मात्र लगाउने चलन छ । कतै पाँचौ दिन अर्थात् पूर्णिमासम्म लगाउने चलन छ । टीकाकै दिन मात्रै लगाउनेहरूको आफ्नै तर्क छ । त्यसैगरी पूर्णिमासम्म लगाउनेको पनि आफ्नै तर्क छ । वास्तवमा टीका कति दिनसम्म लगाउन सकिन्छ त ?

एकदिन लगाउने वा पाँचौ दिनसम्म लगाउने भनेर शास्त्रमा कहिँकतै उल्लेख नभएको आचार्य सोमनाथ कोइराला बताउँछन् । खबरहबसँगको कुराकानीमा उनले भने, ‘टीकाको भोलिपल्ट एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी र पूर्णिमासम्म लगाउँदा केही बिग्रिन्न ।’

‘नेपालको पूर्वी भेगमा पहिलेदेखि पूर्णिमासम्म टीका लगाउने चलन हो । पश्चिमतिर टीकाको दिन मात्रै लगाउने चलन थियो’ आचार्य थप्छन्, ‘अहिले पश्चिममा पनि पाँचौँ दिन पनि दशैँको टीका लगाउने गरेको पाइन्छ । कोजाग्रत पूर्णिमाको पूजाको दिन टीका लगाउन सकिन्छ ।’

भगवतीको अभिषेक गर्ने भन्ने मुख्य टीकाको दिन नै हो । तर दशैँ हिन्दूहरूको मात्रै नभएर समग्र नेपालीको हो । यो सांस्कृतिक, सामाजिक पर्व हो । यो समाजलाई जोड्ने पर्व हो । देशविदेशमा रहेका सम्पूर्णलाई जोड्ने पर्व हो । अर्को प्रकृतिसँग पनि यो पर्व जोडिएको छ ।

टीका र जमरा विसर्जन गर्नुपूर्व लगाउन मिल्ने आचार्यको भनाइ छ । ‘आफूभन्दा अग्रजबाट टीका ग्रहण गरेर आशीर्वाद लिने हो । आदर्शवान् व्यक्तित्वहरूबाट आशीर्वाद लिएर उनीहरूकै मार्ग हिँड्नु भन्ने हो’ उनले भने, ‘नेपालको भूगोलको अवस्था हेर्दा पनि एकै दिनमा आफन्तकोमा पुग्न सकिँदैन । त्यसकारण पूर्णिमासम्म एउटै पक्ष रहने हुँदा पाँचौँ दिनमा पनि टीका लगाउन सकिन्छ ।’

नवरात्र भनेको आश्विन शुक्ल पक्षको प्रतिपदादेखि लिएर नवमीसम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । आराधनाको साथसाथ विजयादशमीको दिनसम्म पूजा हुन्छ । अधर्म हटेर धर्मको स्थापना होस् । असत्य हटेर सत्यको स्थापना होस् भन्ने कामनासहित प्रसाद लगाउने परम्परा विजयादशमी हो । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ८ : ४१ बजे

राज्यका सबै संरचनामा अपाङ्गता व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानूनी

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव)को मौद्रिक नीतिको

मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

झापा– आर्थिक वर्ष (आव) २०८२–८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

अपाङ्गता व्यक्तिको संवधौनिक अधिकार कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार पूर्णरुपमा