लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना « Khabarhub

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । 

अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहहरूमा विभाजित भइसकेका थिए र यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा सुरू हुन सक्ने संकेत देखिन्छ ।

युन्जियन–२ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टसको अवशेष मानिएको थियो । तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी (ड्र्यागन म्यान) र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुनसक्ने तर्कलाई बल दिएको छ ।

लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार, ‘यसले हाम्रो सोच बदल्छ । करिब १० लाख वर्षअघि नै हाम्रा पुर्खाहरू विभिन्न समूहमा विभाजित भइसकेका थिए, जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो ।’

परम्परागत रूपमा प्रारम्भिक मानवहरूको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ । तर यो नयाँ निष्कर्षले उक्त धारणामा प्रश्न उठाएको छ ।

ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाले भने, ‘पूर्वी एसिया मानव विकासको केन्द्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ ।’

साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले युन्जियन–२ खोपडीलाई एक सयभन्दा बढी अन्य नमूनासँग तुलना गरेको थियो । नतिजामा यसमा केही विशेषताहरू होमो इरेक्टस जस्तै देखिए पनि ठूलो मस्तिष्क क्षमता लगायतका पक्षहरू आधुनिक मानवसँग नजिक रहेको पाइएको छ ।

यद्यपि, यस अध्ययनसँग सम्बन्धित नभएका केही विज्ञहरूले निष्कर्षबारे सावधानी अपनाउनुपर्ने बताएका छन् । पुरातत्वविद् एन्डी हेरिसका अनुसार जीवाश्मको आकार मात्र नभई आनुवंशिक विश्लेषणले पनि महत्त्व राख्छ । यी व्याख्यामा हामीलाई थाहा भएको आनुवंशिक इतिहास पर्याप्त रूपमा समावेश भएको देखिँदैन ।

पेट्राग्लियाले समेत यसलाई ‘उत्तेजक’ भनिए पनि अझै ठोस प्रमाण आवश्यक रहेको औँल्याए। मानव विकासको अध्ययनले निरन्तर नयाँ प्रश्नहरू उठाइरहेको छ । सन् २०२१ मा मात्रै स्ट्रिङ्गरकै टोलीले ‘ड्र्यागन म्यान’ नामक होमो लोङ्गी प्रजातिलाई आधुनिक मानवको नजिकको आफन्तका रूपमा घोषणा गरेको थियो ।

स्ट्रिङ्गरले भने, ‘युन्जियन–२ जस्ता जीवाश्महरूले हामीलाई अझै पनि हाम्रो उत्पत्तिबारे धेरै सिक्न बाँकी छ भन्ने देखाउँछन् । यसले हाम्रो साझा इतिहासको जटिलता प्रस्ट चित्रण गर्छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ३ : ०५ बजे

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली