राप्तीसोनारी नेचर रन कात्तिक २२ गते हुने « Khabarhub

राप्तीसोनारी नेचर रन कात्तिक २२ गते हुने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिवार बाँकेको राप्तीसोनारीमा हुने भएको छ ।

एघार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतवर्षदेखि राप्तीसोनारी नेचर रन सुरु गरिएको हो । यसमा राप्तीसोनारी पालिका अन्तर्गत विद्यालयका छात्रछात्राहरूले भाग लिन पाउने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । विजेता खेलाडीलाई नगद र पदकले पुरस्कृत गरिने बताइएको छ ।

स्कुले बालबालिकालाई सानैदेखि प्रकृतिको महत्व दर्साउन र प्राकृतिक स्रोत साधनको जगेर्ना र सदुपयोग सम्बन्धी जागरण फैलाउने उद्देश्यले राप्तीसोनारी नेचर रन हरेक वर्ष निरन्तरता दिइने धारा नेपालगन्ज म्याराथनका रणनीतिक एवं अन्तर्राष्ट्रिय समन्वय प्रमुख तीर्थ ओलीले बताए । राप्तीसोनारीमा जन्मिएका ओली हाल जर्मनीमा एथ्लेटिक्स प्रशिक्षकका रुपमा कार्यरत छन् ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य नेपालगन्ज म्याराथनको भगिनी रेस इभेन्टका रुपमा नेपालगन्ज १० नाइट रन, गौघाट ग्रीन रन, काठमाडौँ २५ के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन लगायत रहेका छन् ।

देशको विषम परिस्थितिका कारण नाइट रन स्थगन गरियो भने गौघाट ग्रीन र असोज २८ गते दोस्रो संस्करण सम्पन्न गरियो ।

वातावरण संरक्षणमा अभियान चलाइरहेकी मिस नेपाल २०२३ श्रृच्छा प्रधान र कमनवेल्थ गेम्स २०१० का स्वर्णधारी केन्या निवासी जोन केलाई समेतको उपस्थितिमा गौघाट ग्रीन रन निरन्तरता दिन सफल भएको थियो ।

राप्तीसोनारी नेचर रनमा समेत यस्ता सेलिब्रिटीलाई जोड्दै लैजाने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका कार्यक्रम संयोजक कपिल थापाले बताए । नेपालगन्ज म्याराथन भने मंसिर ६ गते शनिवार हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : ११ बजे

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही