जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार « Khabarhub

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ का २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) हुन् । उनी हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार हतियारसहित पक्राउ परेका तामाङ गत भदौ २४ गते न-जीआन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेको खुलेको छ।

तामाङ यसअघि ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ परेका थिए । उनी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

यही शुक्रबार साँझ काठमाडौं–७ लाहुरे टोलस्थित प्रविण घिमिरे (भरत विश्वकर्मा) को सोलुखुम्बु खाजा घर अगाडिको कुर्सीमा राखिएको झोलाभित्र ९७२ डब्लुके ६८३०१ ०३२१८९ नम्बर लेखिएको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।

प्रहरीले गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त झोला राजा तामाङले राखेको पत्ता लागेपछि शनिबार साँझ गोकर्णेश्वर नगरपालिका–३ माइती नेपालनजिकबाट पक्राउ गरिएको जनाएको छ।

सोधपुछपछि प्रहरीले उनलाई डेरामा लगेर खानतलासी गर्दा नाइन एमएम, नाइन एक्स नाइन्टिन र नाइन एक्स नाइन्टिन एमएफएस लेखिएका ३ थान गोलीसमेत बरामद भएको जनाएको छ ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ३५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट