उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण « Khabarhub

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनालले बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा हजारौँ युवा बेरोजगार हुने स्थिति भएको भन्दै समस्याको तत्काल समाधान गर्न आग्रह गरिएको बताए।

उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई दिने अनुदानको सम्बन्धमा हाम्रो गहिरो सरोकार रह्यो। अर्थमन्त्रीले प्रदेशलाई दिने भनिएको कुनैपनि अनुदान सरकारले कटौती नगरेको स्पष्ट पार्नुभयो। प्रदेश सरकारहरूले प्रभावकारी तरिकाले काम गरून् भन्ने आफ्नो चाहना रहेको उहाँले भन्नुभयो। यो डेडिकेटेड लाइनको नाममा लाइन काटेर विभिन्न उद्योग बन्द गरिएको छ त्यस विषयमा पनि हाम्रो गहिरो चासो रह्यो।’

उनले संघीय सरकारले प्रदेश सरकारलाई दिने गरिएको अनुदान नकाटिएको जवाफ अर्थमन्त्रीबाट पाएको स्पष्ट पारे।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५