सहकार्य मजबुत बनाउन भारत र ब्राजिल दृढ « Khabarhub

सहकार्य मजबुत बनाउन भारत र ब्राजिल दृढ


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र ब्राजिलले आर्थिक र वातावरणीय सहकार्य मजबुत बनाउन दृढता व्यक्त गरेका छन् । वार्ताको टेबलमा ग्लोबल साउथको भाष्य मजबुत बनाउन एवम् ब्रिक्सकलाई थप सुदृढ गर्नका लागि दुई मुलुक सहकार्यलाई अघि बढाउन तयार भएका हुन् ।
हाल दुबै मुलुक अमेरिकासँग व्यापारिक तनावको अवस्थामा छन् । हालै ब्राजिलका उपराष्ट्रपति जेराल्डो एल्कमिनले भारतको भ्रमण गरेका थिए । उनको भ्रमणका क्रममा अमेरिकाले घोषणा गरेको भन्सार महशुल वृद्धिबाट उत्पन्न असरलाई न्यून बनाउने तथा ऊर्जा सुरक्षादेखि विश्वव्यापी जलवायु नीतिमा प्रभाव विस्तार गर्न केन्द्रित रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
उपराष्ट्रपतिको भ्रमणका क्रममा सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई २० अर्ब अमेरिकी डलर बराबर पु¥याउन पनि दुबै मुलुक सहमत भएका छन् । अघिल्लो वर्ष ब्राजिल र भारतबीचको द्विपक्षीय व्यापार १३ अर्ब अमेरिकी डलर रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : १३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी