भारतको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण « Khabarhub

भारतको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२५–२६ मा ६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । पछिल्लो विश्व आर्थिक आउटलुकमा आईएमएफले आन्तरिक माग र उत्पादन तथा सेवा क्षेत्रमा उल्लेख्य प्रगतिसँगै भारतको अर्थतन्त्रमा नयाँ आत्मविश्वास पैदा भएको जनाएको छ ।

यसअघि आर्थिक वर्ष सन् २०२४–२५ मा भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण थियो । बिजनेश टुडेका अनुसार आईएमएफले चीनको अर्थतन्त्र भने केबल ४.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आईएमएफले समग्रमा विश्व अर्थतन्त्र सन् २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशतले सुस्त रहने प्रक्षेपण गरेको छ । कमजोर व्यापार र भूराजनीतिक जोखिमका कारण अर्थतन्त्रको वृद्धि अपेक्षाअनुसार नहुने आईएमएफले जनाएको छ ।

उन्नत अर्थतन्त्रको वृद्धि केबल १.६ प्रतिशतमा सीमित हुनेछ । उदीयमान अर्थतन्त्रको वृद्धि भने ४.२ प्रतिशत कायम रहनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : २२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको