भारतको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण « Khabarhub

भारतको अर्थतन्त्र ६.६ प्रतिशतले वृद्धि हुने आईएमएफको प्रक्षेपण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले भारतको अर्थतन्त्र आर्थिक वर्ष २०२५–२६ मा ६.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । पछिल्लो विश्व आर्थिक आउटलुकमा आईएमएफले आन्तरिक माग र उत्पादन तथा सेवा क्षेत्रमा उल्लेख्य प्रगतिसँगै भारतको अर्थतन्त्रमा नयाँ आत्मविश्वास पैदा भएको जनाएको छ ।

यसअघि आर्थिक वर्ष सन् २०२४–२५ मा भारतको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने आईएमएफको प्रक्षेपण थियो । बिजनेश टुडेका अनुसार आईएमएफले चीनको अर्थतन्त्र भने केबल ४.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आईएमएफले समग्रमा विश्व अर्थतन्त्र सन् २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशतले सुस्त रहने प्रक्षेपण गरेको छ । कमजोर व्यापार र भूराजनीतिक जोखिमका कारण अर्थतन्त्रको वृद्धि अपेक्षाअनुसार नहुने आईएमएफले जनाएको छ ।

उन्नत अर्थतन्त्रको वृद्धि केबल १.६ प्रतिशतमा सीमित हुनेछ । उदीयमान अर्थतन्त्रको वृद्धि भने ४.२ प्रतिशत कायम रहनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : २२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष