टीपी लिंकले भारतमा कारखाना खोल्ने « Khabarhub

टीपी लिंकले भारतमा कारखाना खोल्ने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधि कम्पनी टीपी लिंकले भारतमा कारखाना खोल्ने भएको छ । यसका लागि कम्पनीले भारतकै सबैभन्दा ठूलो कारखाना स्थापना गर्ने तयारी थालेको छ । इकोनोमिक टाइम्सका अनुसार प्रविधि उपकरण निर्माता कम्पनीले नयाँ कारखाना स्थतपनाका लागि तीन राज्यका सरकारसँग छलफल अघि बढाएको छ ।

पाँच वर्षको विस्तार योजना अन्तर्गत यस कम्पनीले १ सय करोड भारतीय रुपैयाँको लगानी गर्ने तयारी गरिरहेको छ । टीपी लिंक इण्डियाका सीओओ विजोय अलायलोले हाल कम्पनीले सम्भावित स्थानको विश्लेषण गरिरहेको र आवश्यक अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ।

टीपी लिंकले ब्राजिल र भियतनाममा पनि कारखाना सञ्चालन गरिरहेको छ । भारतमा खोलिने कारखानाले घरेलु माग धान्ने अपेक्षा गरिएको छ । त्यसबाहेक यहाँ उत्पादित उपकरण पश्चिम एशिया, टर्किए र अफ्रिकामा पनि निर्यात गर्ने योजना छ ।

हाल भारतमा बिक्री हुने ९२ प्रतिशत उपकरण भारतमै ठेकेदार उत्पादकले बनाउँदै आएका छन् । आगामी तीन वर्षमा यो अनुपात ९६ देखि ९७ प्रतिशत पु¥याउने लक्ष्य अघि सारिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको