टीपी लिंकले भारतमा कारखाना खोल्ने « Khabarhub

टीपी लिंकले भारतमा कारखाना खोल्ने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधि कम्पनी टीपी लिंकले भारतमा कारखाना खोल्ने भएको छ । यसका लागि कम्पनीले भारतकै सबैभन्दा ठूलो कारखाना स्थापना गर्ने तयारी थालेको छ । इकोनोमिक टाइम्सका अनुसार प्रविधि उपकरण निर्माता कम्पनीले नयाँ कारखाना स्थतपनाका लागि तीन राज्यका सरकारसँग छलफल अघि बढाएको छ ।

पाँच वर्षको विस्तार योजना अन्तर्गत यस कम्पनीले १ सय करोड भारतीय रुपैयाँको लगानी गर्ने तयारी गरिरहेको छ । टीपी लिंक इण्डियाका सीओओ विजोय अलायलोले हाल कम्पनीले सम्भावित स्थानको विश्लेषण गरिरहेको र आवश्यक अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ।

टीपी लिंकले ब्राजिल र भियतनाममा पनि कारखाना सञ्चालन गरिरहेको छ । भारतमा खोलिने कारखानाले घरेलु माग धान्ने अपेक्षा गरिएको छ । त्यसबाहेक यहाँ उत्पादित उपकरण पश्चिम एशिया, टर्किए र अफ्रिकामा पनि निर्यात गर्ने योजना छ ।

हाल भारतमा बिक्री हुने ९२ प्रतिशत उपकरण भारतमै ठेकेदार उत्पादकले बनाउँदै आएका छन् । आगामी तीन वर्षमा यो अनुपात ९६ देखि ९७ प्रतिशत पु¥याउने लक्ष्य अघि सारिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष