पाकिस्तानको बलोचिस्तानमा सडक दुर्घटना उच्च « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सडक दुर्घटना उच्च


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा सडक दुर्घटनामा हताहत हुनेको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विगत ५ वर्षको अवधिमा बलोचिस्तानमा ७७ हजार वटा सडक दुर्घटना भएको छ ।

यी दुर्घटनामा परी १ हजार ७ सय जनाले ज्यान गुमाएको त्यहाँको मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टरले जनाएको छ । सेन्टरले सन् २०१९ को अक्टोबरदेखि सन् २०२५ को सेप्टेम्बर महिनासम्मको तथ्यांकका आधारमा यस्तो निष्कर्ष जारी गरेको हो ।

यस अवधिमा बलोचिस्तानमा ७७ हजार ८ सय २६ वटा दुर्घटना भएका र यसमा परी १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएको सेन्टरले उल्लेख गरेको छ । यस्ता दुर्घटनामा परी अरु १ लाख ३ हजार ९ सय २ जना घाइते भएका छन् ।

सेन्टरका अनुसार बलोचिस्तान प्रान्तमा पाकिस्तानमै सबैभन्दा धेरै सडक दुर्घटना हुन्छ । हरेक वर्ष सडक दुर्घटनाको दर झन खराब बन्दै गएको सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको