पाकिस्तानको बलोचिस्तानमा सडक दुर्घटना उच्च « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सडक दुर्घटना उच्च


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा सडक दुर्घटनामा हताहत हुनेको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विगत ५ वर्षको अवधिमा बलोचिस्तानमा ७७ हजार वटा सडक दुर्घटना भएको छ ।

यी दुर्घटनामा परी १ हजार ७ सय जनाले ज्यान गुमाएको त्यहाँको मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टरले जनाएको छ । सेन्टरले सन् २०१९ को अक्टोबरदेखि सन् २०२५ को सेप्टेम्बर महिनासम्मको तथ्यांकका आधारमा यस्तो निष्कर्ष जारी गरेको हो ।

यस अवधिमा बलोचिस्तानमा ७७ हजार ८ सय २६ वटा दुर्घटना भएका र यसमा परी १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएको सेन्टरले उल्लेख गरेको छ । यस्ता दुर्घटनामा परी अरु १ लाख ३ हजार ९ सय २ जना घाइते भएका छन् ।

सेन्टरका अनुसार बलोचिस्तान प्रान्तमा पाकिस्तानमै सबैभन्दा धेरै सडक दुर्घटना हुन्छ । हरेक वर्ष सडक दुर्घटनाको दर झन खराब बन्दै गएको सेन्टरले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ४८ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका