अफगानिस्तानसँगको द्वन्द्वका कारण पाकिस्तानमा खानेकुराको भाउ बढ्यो « Khabarhub

अफगानिस्तानसँगको द्वन्द्वका कारण पाकिस्तानमा खानेकुराको भाउ बढ्यो


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान र अफगानिस्तानबीच भएको द्वन्द्वका कारण खानेकुराको भाउ बढेको पाइएको छ । दुई छिमेकी देशबीचको द्वन्द्वका कारण पाकिस्तानमा फलफूल र तरकारीको आपूर्तिमा समस्या उत्पन्न हुँदा भाउ बढेको हो ।

यसबाट खासगरी पाकिस्तान अधिनस्थ जम्मु कश्मीरको व्यापारी मर्कामा परेको द स्टेट्सम्यानले जनाएको छ । व्यापारीका अनुसार एक सातासम्म सीमापार व्यापार बन्द हुँदा अफगानिस्तानबाट आउने गोलभेँडा, प्याज, अनार, अङ्गुर स्याउजस्ता तरकारी र फलफूलको भाउ सबैभन्दा धेरै बढेको छ ।

यसबाट छिट्टै बिग्रिने सामानमा ठूलो क्षति भएको र स्थानीय बजारमा यस्ता सामानको भाउले आकाश छोएको स्टेट्सम्यानले उल्लेख गरेको छ ।

हम्जा नाम गरेका एक जना व्यापारीले गोलभेँडा कुनै समय एक सय रुपैयाँ प्रतिकेजी रहेकोमा अहिले ५ सय रुपैयाँ पुगेको जनाए । यद्यपि स्थानीय प्रशासनले गोलभेँडाको मूल्य ३ सय ९० रुपैयाँ प्रतिकेजी तोकेको छ । तर, व्यापारीहरुले एक किलो गोलभेँडाको ६ सय ५० रुपैयाँसम्म उठाइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५६ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका