अफगानिस्तानसँगको द्वन्द्वका कारण पाकिस्तानमा खानेकुराको भाउ बढ्यो « Khabarhub

अफगानिस्तानसँगको द्वन्द्वका कारण पाकिस्तानमा खानेकुराको भाउ बढ्यो


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान र अफगानिस्तानबीच भएको द्वन्द्वका कारण खानेकुराको भाउ बढेको पाइएको छ । दुई छिमेकी देशबीचको द्वन्द्वका कारण पाकिस्तानमा फलफूल र तरकारीको आपूर्तिमा समस्या उत्पन्न हुँदा भाउ बढेको हो ।

यसबाट खासगरी पाकिस्तान अधिनस्थ जम्मु कश्मीरको व्यापारी मर्कामा परेको द स्टेट्सम्यानले जनाएको छ । व्यापारीका अनुसार एक सातासम्म सीमापार व्यापार बन्द हुँदा अफगानिस्तानबाट आउने गोलभेँडा, प्याज, अनार, अङ्गुर स्याउजस्ता तरकारी र फलफूलको भाउ सबैभन्दा धेरै बढेको छ ।

यसबाट छिट्टै बिग्रिने सामानमा ठूलो क्षति भएको र स्थानीय बजारमा यस्ता सामानको भाउले आकाश छोएको स्टेट्सम्यानले उल्लेख गरेको छ ।

हम्जा नाम गरेका एक जना व्यापारीले गोलभेँडा कुनै समय एक सय रुपैयाँ प्रतिकेजी रहेकोमा अहिले ५ सय रुपैयाँ पुगेको जनाए । यद्यपि स्थानीय प्रशासनले गोलभेँडाको मूल्य ३ सय ९० रुपैयाँ प्रतिकेजी तोकेको छ । तर, व्यापारीहरुले एक किलो गोलभेँडाको ६ सय ५० रुपैयाँसम्म उठाइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको