ईयूद्वारा चीन र हङकङका तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा « Khabarhub

ईयूद्वारा चीन र हङकङका तेल कम्पनीमाथि प्रतिबन्धको घोषणा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसको युद्धमा सहयोग पुर्‍याएको भन्दै युरोपेली युनियन ईयूले मुख्यभूमि चीनका दुई तेल प्रशोधनकर्ता र हङकङको एउटा तेल व्यापारी संस्थामाथि प्रतिबन्ध लगाएको छ । रुसको युद्ध अर्थतन्त्रलाई निरुत्साहित गर्ने पछिल्लो कदमस्वरुप ईयूले यस्तो घोषणा गरेको हो ।

ती संस्थामाथि प्रतिबन्ध लगाउन ईयूका सबै २७ मुलुक सहमत भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । पछिल्लो कदमसँगै हालसम्म ईयूले चीन वा हङकङका १५ वटा संस्थामाथि प्रतिबन्ध लगाइसकेको छ ।

ईयूको यस कदमको चीनले भने चर्को आलोचना गरेको छ । चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै हालसम्म चीनले युद्धरत कुनै पनि पक्षलाई घातक हतियार उपलब्ध नगराएको स्पष्ट पारेको छ । दोहोरो प्रयोग हुने वस्तुको निर्यात नियन्त्रणमा चीन प्रतिबद्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।

अमेरिका र युरोपसहित विश्वका अधिकांश मुलुकहरुले रुससँगको व्यापारलाई निरन्तरता दिइरहेको पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  २ : ३४ बजे

गगन-विश्वसहित विशेष महाधिवेश पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय