१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित « Khabarhub

आईपीएल २०२६ लिलामी

१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- इन्डियन प्रिमियर (आईपीएल) २०२६ को लिलामीले आगामी सिजनमा कुन टोली कति बलियो भन्ने तय गर्नेछ। क्यामरुन ग्रीन, स्टिभ स्मिथ, नोर्ट्जे, रचिन रविन्द्रा, लिभिङस्टोन र भारतीय स्टारबीचको प्रतिस्पर्धा आईपीएल इतिहासकै सबैभन्दा रणनीतिक लिलामीमध्ये पर्न सक्छ।

मिनी-अक्सनका लागि कुल १,३३५ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। आईपीएलले यो लामो सूची फ्रेन्चाइजीसँग साझेदारी गरेको छ।

दर्ताको अन्तिम मिति ३० नोभेम्बर थियो। अब फ्रेन्चाइजहरूले यीमध्ये छानिएका प्रमुख खेलाडीलाई अनुमति दिनेछन्, त्यसपछि लिलामीको अन्तिम सूची तयार हुनेछ।

ईएसपीएनक्रिकइन्फोका अनुसार १,३३५ दर्तामध्ये ४५ खेलाडीले सबैभन्दा उच्च श्रेणी अर्थात् २ करोड रुपैयाँको आधार मूल्यमा आफूलाई राखेका छन्।

तर ग्लेन म्याक्सवेलको नाम यो सूचीमा छैन, जसको अर्थ उनले लिलामीमा भाग लिने छैनन्। यो निर्णय निकै आश्चर्यजनक मानिएको छ।

यी २ करोड आधार मूल्य भएका प्रमुख खेलाडीमा क्यामरुन ग्रीन, लियाम लिभिङस्टोन, रबि बिश्नोई, वेङ्कटेश अय्यर, मथिशा पथिराना र वानिन्दु हसरंगा समावेश छन्।

लिलामी एकै दिन अर्थात् १६ डिसेम्बरमा अबु धाबिमा आयोजना हुनेछ। प्रत्येक फ्रेन्चाइजीसँग अधिकतम् २५ खेलाडी लिन सक्ने सुविधा छ। यस आधारमा कुल ७७ स्थान भर्नुपर्नेछ, जसमा ३१ स्थान विदेशी खेलाडीलाई छुट्याइएको छ।

२ करोड आधार मूल्यको महत्व

२ करोडको आधार मूल्यमा रहेका खेलाडीहरूको सूची निकै प्रभावशाली छ। विदेशी खेलाडी धेरै भए पनि भारतीयमध्ये केवल दुई जना– वेङ्कटेश अय्यर र रबि बिश्नोईले आफूलाई यस उच्चतम् दायरामा राखेका छन्। यसले अधिकांश भारतीय खेलाडीले आधार मूल्य कम राखेर टिम मनोविज्ञानअनुसार लिलामीमा जान चाहेझैँ देखाउँछ।

२ करोड आधार मूल्यका ४५ खेलाडी

भारतीय खेलाडी

रवि बिश्नोई

वेङ्कटेश अय्यर

विदेशी खेलाडी

मुजीब उर रहमान
नवीन उल हक
शन एबोट
एश्टन एगर
कूपर कोनोली
जेक फ्रेजर–मगर्क
क्यामरुन ग्रीन
जोश इङ्ग्लिस
स्टिभ स्मिथ
मुस्तफिजुर रहमान
गस एटकिन्सन
टम ब्यान्टन
टम करन
लियाम डसन
बेन डकेट
ड्यान लरेन्स
लियाम लिभिङस्टोन
टाइमल मिल्स
जेमी स्मिथ
फिन एलन
माइकल ब्रेसवेल
डेभोन कन्भे
ज्याकब डफी
म्याट हेनेरी
काइल जेमिसन
एडम मिल्ने
डेरेल मिचेल
विल ओरूक
रचिन रवीन्द्रा
गेराल्ड कोएत्जी
डेभिड मिलर
लुङ्गी एनगिडी
एनरिक नोर्ट्जे
राइली रूसो
तबरेज शम्सी
डेभिड भिज
भानिन्दु हसरंगा
मथिशा पथिराना
महिश तिक्षाणा
जेसन होल्डर
शाई होप
अकील हुसैन
अलजारी जोसेफ

कसले गर्न सक्छन् ठूलो खर्च ?

सबैभन्दा धेरै पर्स रकम कोलकाता नाइट राइडर्स (केकेआर) को छ। उनीहरूसँग ६४.३ करोड रुपैयाँ छ । जबकि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्ग्स (सीएसके) ४३.४ करोडसहित दोस्रोमा छ। दुवै टिमसँग पर्याप्त विदेशी स्थान खाली छन्, त्यसैले उनीहरूले क्यामरुन ग्रीनजस्ता बहुआयामी खेलाडीमा ठूलो दाउ खेल्न सक्छन्।

केकेआरले हालै नौ खेलाडी रिलिज गरेको छ । उनीहरूले १२ स्थान भर्नुपर्नेछ, जसमा ६ विदेशी स्थान छन्। यसले केकेआर ठूलो र प्रभावशाली किनमेल गर्ने तयारीमा रहेको संकेत गर्छ। उता सीएसकेका पनि नौ स्थान खाली छन्, जसमा चार विदेशी खेलाडीका लागि छन्। उनीहरूले तीव्र गतिका बलर वा अलराउन्डरमा ध्यान दिन सक्छन्।

सबै १० टिमको उपलब्ध पर्स

टिम उपलब्ध पर्स (करोडमा)
लखनऊ सुपर जायन्ट्स २२.९५
राजस्थान रोयल्स १६.०५
सनराइजर्स हैदरावाद २५.५
रोयल च्यालेन्जर्स बैंगलोर १६.४
कोलकाता नाइट राइडर्स ६४.३
मुम्बई इन्डियन्स २.७५
चेन्नई सुपर किङ्ग्स ४३.४
दिल्ली क्यापिटल्स २१.८०
गुजरात टाइटन्स १२.९
पञ्जाब किङ्ग्स ११.५

रिलिज भएका खेलाडी फेरि लिलामीमा

अर्को रोचक तथ्य धेरैजसो रिलिज खेलाडीले आफूलाई २ करोडको उच्च आधार मूल्यमा राखेका छन्, मथिशा पथिराना (सीएसके), लियाम लिभिङस्टोन (आरसीबी), रवि बिश्नोई (एलएसजी), वेङ्कटेश अय्यर (केकेआर) ले आफ्नव २ करोडको उच्च आधार मूल्य राखेका छन्। उनीहरूले खुलाएका कारणमा चोट, कमजोर प्रदर्शन र निरन्तर प्रभाव नपरेको उल्लेख छ।

भारतीयमा धेरै चासो

नाम दर्ता गराउने भारतीयमध्ये पृथ्वी शा, राहुल त्रिपाठी, शिवम मावी, उमेश यादव, राहुल चाहर, दीपक हुड्डा, सरफराज खानको नाम बढी चर्चामा छ। उनीहरूको मूल्य टिमको आवश्यकता र लिलामीको गतिमा निर्भर रहनेछ।

म्याक्सवेल लिलामीमा छैनन्

ग्लेन म्याक्सवेलले यसपालि लिलामीमा भाग नलिने निर्णय गरेका छन्। उनी गत वर्ष ४.२ करोडमा पञ्जाब किङ्ग्समा बिकेका थिए। चोट र व्यक्तिगत कारण उनले यसपालि नाम दर्ता गराइनन्।

जोश इङ्ग्लिस सूचीमा त छन्, तर उनी आईपीएल २०२६ मा केवल २५ प्रतिशत खेल्न सक्नेछन्। उनी व्यक्तिगत कारणले पूरै सिजन उपस्थित हुने छैनन्, जसले उनीप्रतिको रुचिमा असर पार्न सक्छ।

नयाँ देशका खेलाडी पनि

यसपालि सूचीमा परम्परागत टेस्ट राष्ट्रबाहेक केही नयाँ देशका खेलाडी पनि छन्, जस्तै मलेसिया। यसले आईपीएलको पहुँच विश्वभर फैलिँदै गएको देखाउँछ।

लिलामीले सिजनको दिशा तय गर्छ ?

आईपीएल २०२६ को लिलामी निकै रणनीतिक र रोमाञ्चक हुने देखिन्छ। सीमित स्थान, ठूलो पर्स भएका टिम र उच्च आधार मूल्यमा आएका स्टार खेलाडीबीचको प्रतिस्पर्धाले कुनै पनि टिमको संरचना बदल्न सक्छ। सबैको नजर १६ डिसेम्बर, अबुधाबिमा हुने लिलामीमा रहनेछ। क्यामरुन ग्रीन सबैभन्दा महँगो खेलाडी बन्नेछन् कि अरूले चकित बनाउने छन् हेर्न बाँकी छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ०६ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय