किसानको धान खरिदमा चुनौती « Khabarhub

किसानको धान खरिदमा चुनौती


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ । 

सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरू खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन् । तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ ।

खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यस वर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ । गत वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो । विभागबाट न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उनको भनाइ छ ।

गतवर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए । त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए । यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ । कम्पनीले रु तीन हजार ६२८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छभने व्यापारीले प्रति क्विन्टल दुई हजार आठ सयमा मात्र खरिद गरिरहेका छन् ।

शाखा प्रमुख सुनारले भने, ‘सीमित कोटाले गर्दा किसानको चाप र धान बिक्रीका लागि भीड नियन्त्रण गर्न जटिल हुने देखिन्छ ।’

तराईको खाद्यान्न बजार भारतीय बजारबाट प्रभावित हुने भएकाले भारतबाट सस्तोमा धान खरिद गर्न पाउँदा नेपाली किसान सधैँ समस्यामा पर्दै आएका छन् । व्यापारीले सस्तोमा धान खरिद गर्ने नीति अपनाएपछि यहाँका किसान सरकारी समर्थन मूल्यमा बिक्री गर्न खाद्य कम्पनीलाई कुरेर बसेका छन् । 

सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ४६ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि