चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन « Khabarhub

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मंगलबार घोषणा गरेको छ ।

चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरे पछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित  निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

उनले सिसिजीले कानुन अनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै दियाओउ दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताएका छन् ।  

‘सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले प्रष्ट पारेका छन् ।  

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १२ : ५५ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ