डविड र अर्जुनको बलियो साझेदारीले चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य « Khabarhub

डविड र अर्जुनको बलियो साझेदारीले चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजका ओपनर डविड मलान र अर्जुन साउदको बलियो साझेदारी गरेसँगै जनकपुर बोल्ट्सले १७७ रनको लक्ष्य पाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

यस इनिङमा चितवनका ओपनर डविड र अर्जुनले ११२ रनको बलियो साझेदारी गरे । १३ ओभरको ४ बलमा जनकपुरले पहिलो विकेटका रुपमा अर्जुनलाई ब्याटिङबाट बिदा गरेको हो ।

अर्धशतक प्रहार गरेर आउट भएका उनले ३९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रन जोडे । अर्का ओपनर डविडले १८ ओभरको २ बलसम्म टिके । उनले ५४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ८० रन जोडे ।

यी ओपनरले ब्याटिङ उकास्दा चितवन शक्तिशाली बनेको थियो । कप्तान कुशल मल्लले १४ बलमा अविजीत ३० रन जोड्न २ चौका र २ छक्का प्रहार गरे । सैफ जैबले ५ बलमा ७ रन जोडे ।

यी ओपनरले ब्याटिङ उकास्दा चितवन शक्तिशाली बनेको थियो । कप्तान कुशल मल्लले १४ बलमा अविजीत ३० रन जोड्न २ चौका र २ छक्का प्रहार गरे । सैफ जैबले ५ बलमा ७ रन जोडे । पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका सैफ जैब आज चल्न सकेनन् । उनी ५ बल सामना गरेर ७ रन बनाएर आउट भए ।

चितवनको भरपर्दो ब्याटर देखिएका रबि बोपारा पनि सस्तैमा आउट भए । उनले ५ बल समाना गर्दा केबल ३ रन जोडे । कमजोर फिल्डिङ र ‘क्याच मिस’ले गर्दा चितवनका ब्याटरहरु सामु जनकपुर कमजोर देखियो ।

अर्जुन र डविडको बलियो साझेदारी जनकपुरकां जान निकोल लोफ्टी-इटनले भङ्ग गरेका हुन् । उनले अर्जुनलाई पहिलो विकेटको रुपमा माज सदाकतमार्फत् क्याट आउट गराएका हुन् । डविडलाई भने माज सदाकतको एलबीडब्ल्यू धरापमा पारे । रुपेश सिंहले रवि बोपारालाई सस्तैमा समेट्न माज सदाकत क्याच आउट गराए ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : १३ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि