कांग्रेस सभापतिमा उठ्दैछु, जित्ने नै मैले हो : शेखर कोइराला (अन्तर्वार्ता) « Khabarhub

कांग्रेस सभापतिमा उठ्दैछु, जित्ने नै मैले हो : शेखर कोइराला (अन्तर्वार्ता)



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस २६ गतेदेखि हुने १५औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको घोषणा गरेका छन् । मङ्गलबार बिहान खबरहबसँग छोटो कुरा गर्दै कोइरालाले आफू १५ औँ महाधिवेशनमा सभापतिमा उठ्न र जित्न पनि तयार रहेको बताएका छन् । ‘पन्ध्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार छु म जसरी पनि चुनाव जित्नेछु’, उनले खबरहबसँग भने, ‘टिममै जाने कि एक्लै जाने भन्ने विषयमा छलफल भइरहेको छ तर म पछि हट्दिनँ।’

नियमित महाधिवेशन हुने भयो कति उत्साहित हुनुहुन्छ ?

लामो प्रयासपछि कांग्रेसको १५ औँ महाधिवेशन फागुन २१ को निर्वाचन अगाडि नै हुने भएकाले उत्साहित छु । म मात्रै होइन, कांग्रेसलाई माया गर्ने र कांग्रेसका सम्पूर्ण सदस्यहरू यो निर्णयले उत्साहित हुनुहुन्छ । अब पार्टी अझै बलियो भएर जान्छ ।

यहाँले चाहिँ महाधिवेशनका लागि के तयारी गर्नुभएको छ ?

मैले तयारी गरिरहेको छु । आमकांग्रेस शुभेच्छुक र देशको चिन्ता गर्नेहरूको भावनाको ख्याल गर्दै आफ्नो निर्णय गर्ने योजनामा छु । यो पटक पनि सभापतिको उम्मेदवार हुँ । यसका लागि मैले गर्नुपर्ने काममा लागिरहेको छु । नेता-कार्यकर्तासँग छलफल आदि इत्यादिलाई तीव्र पारेको छु । पार्टी र संगठनको काममा पनि नियमित दौडधूपमा छु ।

यहाँले यस पटकअरूलाई दिने पालो दिने कि ?

होइन । म जसरी पनि सभापतिमा उठ्ने हो । यस पटक परिस्थिति बदलिएको छ । हामीजस्तै नेताले देशको नेतृत्व लिनुपर्ने छ । उठ्ने नै हो । यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । म अहिले नउठे कहिले उठ्ने र ? किनकि यो मेरो बेला पनि हो । कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन मैले चुप बसेर काम छैन । कांग्रेसलाई गतिशील बनाउनु छ ।

कतिपयले हल्ला चल्लाएको मात्र हो, उहाँ उठ्नुहुन्न यो पटक पनि भन्छन् ?

त्यो कदापि हुँदैन । म उठ्छु । सभापतिमा मलाई साथीहरूले साथ पनि दिनुहुन्छ । सतप्रतिशत म उठ्छु । कुनै सहमति र उल्झनमा फस्दिनँ । साथीहरूले पनि खुट्टा नकमाउनु भन्नुभएको छ ।

तपाईंको टिम कस्तो बन्छ ?

टिम र प्यानल बनाएरै उठ्ने हो । मेरो टिम बन्छ । साथीहरूले पनि खुट्टा नकमाउनु भन्नु भएको छ । अथवा, मेरो नाममा सहमति हुन सक्छ । यो पछिको कुरा भयो ।

जित्छु जस्तो लागेको छ ?

जित्नका लागि नै उठ्न खोजेको हो । जसरी पनि जित्छु । मलाई साथीहरूले हामी छौँ, तपाईंको साथमा भन्नुभएको छ । हार्न को उठ्छ र ? हार्नलाई उठ्ने होइन, जित्न नै उठ्ने हो ।

अर्को चासोचाहिँ दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले साथ शेखरलाई देलान कि नदेलान् भन्ने छ, के छलफल हुँदै छ ?

उहाँहरू जहिले सत्यको पक्षमा हिँडेको नेता हो । कसले साथ दिन्छ कसले दिँदैन भन्दा म जसरी पनि उठ्ने हो । टिम बनाएरै हामी जान्छौँ । उहाँहरू पनि पार्टी संगठन दह्रो बनाउने योजनामै हुनुहुन्छ । हामी सँगै छौँ नि ।

अन्य प्यानल बन्दैन यो पटक ?

त्यसबारे छलफल भएको छैन । मेरो नाममा सहमति भए ठिकै छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै योग्यलाई उठ्न छुट छ । तर यो पटक सहमति गरेर अगाडि जाँदा अझ राम्रो । जटिल परिस्थिति भएकाले मैले पार्टीलाई र कार्यकर्ताको माग सम्बोधन गर्न सभापतिमा उठ्छु र जित्छु पनि । अरूको कुरा थाहा भएन, मैले यहाँमार्फत् नै घोषणा गरे आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा हुने महाधिवेशनको सभापतिको उम्मेदवार हुँ । मलाई साथ दिन सबै प्रतिनिधिहरूलाई आग्रह गर्छु ।

अन्तिममा, देशभर यहाँको अवस्था कस्तो छ ? बुझ्न पनि डुल्नुहुन्छ कि के तयारी छ ?

आवश्यक परे डुलिन्छ । तर कांग्रेसको संगठन राम्रो छ । साथीहरू देशभर हुनुहुन्छ । म उहाँहरूलाई विश्वास गर्छु ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  २ : ५१ बजे

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।

झिनो अंकले घट्यो नेप्से, १२५ वटा कम्पनीको बढ्यो मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.५३ अंकले घटेको छ

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित